Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आधुनिकताका नाममा परम्परा र संस्कृति बिर्सनु हुँदैन: प्रधानमन्त्री कार्की

आधुनिकताका नाममा परम्परा र संस्कृति बिर्सनु हुँदैन: प्रधानमन्त्री कार्की

आइतवार , पौष ६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजको मौलिक परम्परा र संस्कृति संरक्षण गर्नुपर्ने बताएकी छन् ।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो धारणा राखेकी हुन् ।

संस्कृतिभित्र रहेका हानिकारक प्रथालाई सुधार गर्दै जानुपर्ने भए पनि परम्परागत वेशभूषा र मौलिकता भने छाड्न नहुने बताइन् ।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्- 'कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्सीर्दै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरूलाई थाहा छैन । तर, हामी नेपालीहरूसँग प्रशस्त आफ्नोपन छ । यो जोगाउनुपर्छ । बरु सरकारी कार्यालयहरूमा हप्तामा एक वा दुई दिन यस्तो पोसाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?'

गुरुङ संस्कृतिअनुसारको परम्परागत वेशभूषामा उपस्थित प्रतिनिधिहरूको प्रशंसा गर्दै उनले सरकारी कार्यालयमा समेत हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आ-आफ्नो परम्परागत पोसाक लगाउने व्यवस्था गर्न सकिने बताइन्।

त्यस अवसरमा परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्री कार्कीलाई यही पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी विशेष कार्यक्रममा सहभागी हुन औपचारिक रूपमा आमन्त्रण गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077