Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपाको निर्देशन - उम्मेदवार सिफारिसमा जेनजीको नाम अनिवार्य राख्नू

नेकपाको निर्देशन - उम्मेदवार सिफारिसमा जेनजीको नाम अनिवार्य राख्नू

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ जेनजी युवा र महिलासहित कम्तीमा पाँच जना उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी गरेको छ ।

संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशनमा हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना जेन–जी युवा र एक महिलासहित बढीमा पाँच जना उम्मेदवार सिफारिस गर्न भनिएको छ ।

निर्देशनमा सिफारिस गरिने उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए–नभएको स्पष्ट खुलाउन र लोकप्रिय तथा जित्ने सम्भावना भएका व्यक्तिलाई प्राथमिकता दिन उल्लेख गरिएको छ।

निर्देशनअनुसार राष्ट्रिय सभाका लागि प्रदेशले यसपटक निर्वाचन हुने प्रत्येक क्लस्टरबाट बढीमा पाँच–पाँच जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ। त्यस्तै, माघ ११ मा हुने समानुपातिक निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा दुई महिलासहित चार जना सिफारिस गर्न भनिएको छ।

‘एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप दुई जना सिफारिस गर्ने,’ निर्देशनमा भनिएको छ, ‘सम्पर्क समन्वय प्रदेशले दुई महिला दुई पुरुष गरी चार जना, उपत्यका विशेष प्रदेशले दुई महिला दुई पुरुष गरी चार जना, प्रवास प्रदेशले दुई महिला दुई पुरुष गरी चार जना र जनवर्गीय संगठन तथा मोर्चाको केन्द्रीय समितिले पनि दुई महिला दुई पुरुष गरी चार जना सिफारिस गर्ने।’

उम्मेदवार सिफारिस गर्दा संविधान तथा प्रचलित कानुनले तोकेका महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र र अल्पसंख्यक क्लस्टरलाई विशेष ध्यान दिन पार्टीले विधि बनाएको छ।

साथै, शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न वर्गलाई प्राथमिकताका साथ सिफारिस गर्न निर्देशन दिइएको छ।

एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई उम्मेदवार सिफारिस नगर्न पनि निर्देशनमा स्पष्ट गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077