Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च जाँदै कांग्रेस–एमाले

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च जाँदै कांग्रेस–एमाले

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न निवर्तमान १४१ सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च अदालतमा जान लागेका छन् ।

सांसद् पुनर्स्थापनाको माग लिएर अग्रणी दुई दल र जेनजी आन्दोलनअघिको गठबन्धन सरकारका साझेदार रहेका कांग्रेस र एमालेले संयुक्तरूपमा रिट दायर गर्न लागेका हुन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाइरहेका बेला कांग्रेस र एमालेको यो कदम आएको छ ।

यसअघि एमालेले संस्थागत रूपमा र कांग्रेसका केही निवर्तमान सांसदहरूले व्यक्तिगत रूपमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गरेका थिए। हालसम्मको प्रक्रिया अनुसार कांग्रेसका निवर्तमान ८८ सांसदमध्ये आइतबार ६६ सांसदले हस्ताक्षर गरेका छन् ।

केही समयअघि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि कांग्रेसले पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा जाने निर्णय गरेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077