Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

सोमवार , पौष ७, २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव नहुने स्पष्ट पारेकी छन्।

सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले विकास र सुशासन नै सरकारको मुख्य प्राथमिकता रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले देशको विकास रातारात सम्भव नहुने उल्लेख गर्दै सरकारले क्रमशः परिणाम देखिने गरी काम गरिरहेको दाबी गरिन्।

'सधैँ राजनीतिक पार्टीको मात्रै गीत गाएर हुँदैन, उन्नति त देशको हुनुपर्छ, विकास त हुनुपर्छ,'उनले भनिन्, 'एकै रातारात सबै कुरा हुँदैन, तर सरकार निरन्तर अघि बढिरहेको छ।'

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित टिप्पणी गर्दै उनले कानुनअनुसार अनुसन्धानका लागि पक्राउ गर्ने व्यवस्था भए पनि मनपरी ढंगले कारबाही नहुने स्पष्ट पारिन्।

'मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने कुरा कानुन होइन,' उनले भनिन्, 'हामी कानुनका ज्ञाता हौँ, कानुनअनुसार नै अघि बढ्छौँ।'

प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएपछि भ्रष्टाचारविरुद्ध ठोस कदम चालिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ४० वटा मुद्दा दर्ता गरिसकेको जानकारी दिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077