Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै राष्ट्रपति र प्रधानमन्त्री

प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै राष्ट्रपति र प्रधानमन्त्री

मंगलवार , पौष ८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा जेनजी आन्दोलनपछि पहिलो पटक सरकार र प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल हुन लागेको हो।

छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो पठाइसकेको शीतलनिवास स्रोतले जनाएको छ।

छलफल राष्ट्रपति भवन शीतलनिवासमा दिउँसो ३ बजे हुनेछ ।

पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन ।

मुख्य दलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्ने भन्दै सरकारलाई निरन्तरदबाब दिदैँ आएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले संसद पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा समेत दर्ता गराएका छन् ।

सरकारले यसअघि पनि प्रमुख राजनीतिक दल, जेनजी, निर्वाचन आयोगका प्रमुख र सुरक्षा प्रमुखहरुसँग छलफल गर्दै आएको छ ।

सोमवार मात्रै सिंहदरवारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा केहि नेताहरुले राजनीतिक दलमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने भन्दै सुझाव दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077