Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शीतल निवासमा उच्चस्तरीय भेट, राष्ट्रपति र प्रधानमन्त्रीसहित शीर्ष नेताहरु

शीतल निवासमा उच्चस्तरीय भेट, राष्ट्रपति र प्रधानमन्त्रीसहित शीर्ष नेताहरु

मंगलवार , पौष ८, २०८२

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा उच्चस्तरीय भेटघाट सुरु भएको छ ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरुको पहिलो भेट भएको छ । ।

निर्वाचन सम्बन्धमा छलफल गर्न तीन दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधानमन्त्रीसँग शीर्ष नेताहरुको पहिलो भेट हो ।

निर्वाचनको मिति नजिकिँदै जाँदा त्यसका लागि राजनीतिक दलहरु सकारात्मक नबन्दा प्रधानमन्त्री कार्की दलका शीर्ष नेताहरुसँग समेत छलफलमा सरिक भएकी हुन् ।

मुख्य दलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्ने भन्दै सरकारलाई निरन्तर दबाब दिदैँ आएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले संसद पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा समेत दर्ता गराएका छन् ।

सरकारले यसअघि पनि प्रमुख राजनीतिक दल, जेनजी, निर्वाचन आयोगका प्रमुख र सुरक्षा प्रमुखहरुसँग छलफल गर्दै आएको छ ।

सोमवार मात्रै सिंहदरवारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा केहि नेताहरुले राजनीतिक दलमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने भन्दै सुझाव दिएका थिए ।

जेनजी आन्दोलनपछि देखिएको राजनीतिक रिक्तताकाबीच भएको यस भेटलाई सकारात्मक रुपमा हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077