काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७, अन्य दलका २ र एक जना स्वतन्त्र गरी कुल ६० निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
कांग्रेसका ५७ सांसदसँगै स्वतन्त्र निर्वाचित योगेन्द्र मण्डल, जनमत पार्टीका गोमालाभ सापकोटा र जसपाकी हसीना खातुनले निवेदन पेस गरेका हुन् । उक्त निवेदन दर्ता भइसकेको छ ।
कांग्रेसले यसअघि नै संसद् पुनःस्थापनाको माग गर्दै दायर गरेको रिटमा आफूहरू पनि सरोकारवाला रहेको जनाउँदै उनीहरूले समर्थनसहित निवेदन पेस गरेका हुन् ।
यसअघि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जनाले रिट निवेदन पेस गरिसकेका थिए।
कांग्रेसले दायर गरेको मूल रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरिसकेको छ। बुधबार संवैधानिक इजलासमा यसअघिको रिटसँगै राखेर सुनुवाइ हुनेछ।