Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने युवक पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने युवक पक्राउ

बुधवार , पौष ९, २०८२

काठमाडौं । आफूलाई शिक्षा मन्त्रालयको शाखा अधिकृत भन्दै सरकारी निकायमा पुगेर सर्वसाधारणलाई ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

काठमाडौं झोछेमा बसोबास गर्दै आएका ललितपुर महानगरपालिका-१५ थसिखेल घर भएका २३ वर्षीय समन श्रेष्ठलाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

श्रेष्ठले बागमती प्रदेश लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्ति भएको नक्कली पत्र र अर्थ मन्त्रालयबाट तलब पाएको भन्दै भन्दै नक्कली कागजात तयार गरी जागिर लगाइदिने आश्वासनमा रकम असुल्ने गरेका थिए।

त्यसपछि अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा श्रेष्ठमाथि अनुसन्धान अघि बढाइएको थियो।

सरकारी कर्मचारीको पोसाक लगाएर सिंहदरबार तथा अन्य निकायमा नियमित रूपमा जाने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

पक्राउ परेका श्रेष्ठलाई सरकारी छाप तथा लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077