Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए बाबुराम

चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए बाबुराम

बिहिवार , पौष १०, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चारदिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी बुधबार नेपाल फर्किएका हुन् ।

भ्रमणका क्रममा उनले मुम्बईस्थित प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थान बम्बईमा आयोजना भएको प्रौद्योगिकी महोत्सवमा तथा नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण एसियाली जनसहभागिता प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए।

त्यहाँ उनले दक्षिण एसियामा लोकतन्त्रको भविष्य, युवा, प्रविधि र समावेशी लोकतन्त्र विषयमा भाषण गरेका थिए।

साथै नयाँ दिल्लीमा आयोजित भारत नेपाल सम्बन्ध र नेपालको लोकतान्त्रिक भविष्य विषयक सर्वपक्षीय अन्तरसंवादमा नेपाल र भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन भ्रमणले इँटा थपेको बताएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077