मोरङ । मोरङको विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा बिहीबार बिहान दुर्घटनामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहान करिब पौने १ बजे दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल कोसी अस्पताल लगिएको थियो । तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
थापा कोसी प्रदेशबाट प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेल्दै आएका थिए ।