Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हुम्लाको रिपमा मध्यराति भीषण आगलागी : दुईजना जलेर घाइते, तीन घर खरानी

हुम्लाको रिपमा मध्यराति भीषण आगलागी : दुईजना जलेर घाइते, तीन घर खरानी

शुक्रवार , पौष ११, २०८२

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपमा बिहीबार राति भएको भीषण आगलागीमा दुईजना जलेर घाइते भएका छन् भने तीनवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

आगलागीमा परी घाइते भएका स्थानीय लैबा फडेरा र बम्बु फडेरालाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला, सिमकोट पठाइएको वडा नम्बर २ का अध्यक्ष सिद्ध कार्कीले जानकारी दिए । उनका अनुसार दुवै जनाको अवस्था चिन्ताजनक रहेको छ।

आगलागीबाट लैबा फडेरा, जयराम फडेरा र छिरिङ फडेराको घर पूर्णरूपमा जलेको छ भने रमेश महताराको घरभित्रका सामान जलेर नष्ट भएका छन्। क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठका अनुसार आगलागी राति करिब ११ बजेदेखि सुरु भएको थियो । आगलागीको कारण र कुल क्षतिको विवरण अनुसन्धानपछि मात्र खुल्ने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077