Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

शुक्रवार , पौष ११, २०८२

चितवन । मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो छन् ।

जिला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान रत्ननगर नगरपालिका–९ टिकौली जंगलनजिक दुर्घटना भएको हो । दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अंकित महतो घाइते भएका थिए ।

घाइते तृशलको उपचारका क्रममा सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते अंकितको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077