Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनबारे शनिबार शीर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री कार्की

निर्वाचनबारे शनिबार शीर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री कार्की

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग शनिबार छलफल गर्ने भएकी छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग प्रधानमन्त्रीले बालुवाटारमा भेटवार्ता गर्न लागेकी हुन् ।

आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका विषयमा छलफल केन्द्रित रहने खरेलले जानकारी दिए।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी थिइन्।

त्यसको निरन्तरतास्वरूप शुक्रबार सञ्चारमन्त्री खरेल स्वयं देउवा, ओली र दाहालको निवासमा पुगेर निर्वाचनको वातावरण बनाउन थप संवाद गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077