रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ मा रहेको ज्योती डिस्टिलरीमा शनिबार बिहान बोइलर विस्फोट हुँदा एक कामदारको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रारम्भिक जानकारीअनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा ठूलो क्षति पुगेको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ लगिएको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय कटहरियाको टोली घटनास्थलमा पुगिसकेको र घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।
घटनाको कारणसँगै मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।