Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दिल्ली विस्फोटका मुख्य आरोपी उमरको कश्मीरस्थित घर भत्काइयो

दिल्ली विस्फोटका मुख्य आरोपी उमरको कश्मीरस्थित घर भत्काइयो

शुक्रवार , कार्तिक २८, २०८२

एजेन्सी । दिल्लीको लालकिल्लानजिक सोमबार साँझ भएको भीषण कार विस्फोटका प्रमुख आरोपी उमर मोहम्मद उर्फ उमर उन–नबीको कश्मीरस्थित घर सुरक्षाकर्मीहरूले भत्काएका छन् ।

दक्षिण कश्मीरको पुलवामामा आज बिहानै चिकित्सक उमरको घर सुरक्षाकर्मीहरूको रोहबरमा ध्वस्त पारिएको हो । उक्त विस्फोटमा १३ जनाको मृत्यु र २० भन्दा बढी घाइते भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ ।

अनुसन्धानअनुसार फरिदाबादस्थित अल–फलाह विश्वविद्यालयमा कार्यरत चिकित्सक उमरले विस्फोट भएको हुन्डाई आइ–२० कार आफैँ चलाइरहेको पुष्टि भएको हो।

विस्फोटस्थलबाट संकलित डीएनए नमूना र उमरकी आमाबाट लिइएको नमूना मेल खाएपछि कारभित्र उनको उपस्थिति प्रमाणित भएको भारतीय अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

कश्मीरस्थित उमरका घर भत्काइएको कारबाही भारतीय भूमिमा आतंकवादी गतिविधिमा संलग्न वा त्यस्तो गतिविधिलाई सहयोग गर्ने जो–कसैलाई ‘कडा सन्देश’ दिन गरिएको भारतीय अधिकारीहरूले बताएका छन्।

दिल्ली विस्फोटअघि उमरका सहकर्मी तथा चिकित्सक मुजम्मिल र शाहीन सइदबाट २९ सय किलोग्राम बम बनाउने सामग्री, आक्रमण राइफल र अत्याधुनिक हतियारहरू बरामद गरिएको थियो।

दुवै चिकित्सक पक्राउ परेका छन् र फरीदाबादमा भण्डारण गरिएको ठूलो मात्रामा विस्फोटक पदार्थको उद्देश्यबारे उनीहरूमाथि सोधपुछ जारी छ।

अनुसन्धानकर्ताहरूले उमर र उनका सहकर्मीहरू जैश–ए–मोहम्मद तथा अन्सार गज्वात उल–हिन्दसँग आवद्ध रहेको शंका व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077