Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जम्मू–कश्मीरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट : मृत्यु हुनेको संख्या ९ पुग्यो

जम्मू–कश्मीरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट : मृत्यु हुनेको संख्या ९ पुग्यो

शनिवार , कार्तिक २९, २०८२

एजेन्सी । भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ भने २९ जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ः२० बजे नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक भारस्करका अनुसार घाइतेमध्ये अधिकांश प्रहरी रहेका छन् र उनीहरूको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको छ ।

अधिकारीहरूका अनुसार, ह्वाइट–कलर आतङ्कवादी मोड्युल केसको सम्बन्धमा प्रहरीले जफत गरेको विस्फोटक पदार्थको नमूना लिइरहेको बेला विस्फोट भएको थियो । यद्यपि, विस्फोटलाई आतङ्कवादी कोणबाट पनि अनुसन्धान भइरहेको छ ।

जैश–ए–मोहम्मदसँग सम्बद्ध आतङ्कवादी समूह पिएएफएफले आक्रमणको जिम्मेवारी लिएको छ, तर पुष्टि भएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077