एजेन्सी । भारतको दिल्लीस्थित लालकिल्ला नजिकै भएको विस्फोटका मुख्य आरोपीका एक सहयोगीलाई गिरफ्तार गरिएको छ ।
भारतको राष्ट्रिय अनुसन्धान संस्था (एनआईए) जारी गरेको विज्ञप्तिमा कश्मीरको पम्पोर निवासी एक व्यक्तिलाई गिरफ्तार गरिएको उल्लेख गरेको छ ।
उक्त व्यक्तिले लालकिल्ला विस्फोटमा संलग्न आत्मघाति आक्रमणकारी उमर उन नबीसँग मिलेर विस्फोटको षडयन्त्र गरेको आरोप लागइएको छ ।
एनआईएको दाबी अनुसार आमिर राशिद अली नाम गरेका ती व्यक्तिलाई दिल्लीबाट गिरफ्तार गरिएको हो ।
एनआईएका अनुसार लालकिल्ला नजिकै विस्फोटमा प्रयोग गरिएको कार आमिर राशिद अलीको नाममा दर्ता भएको थियो ।
एनआईएले आमिरले दिल्लीमा आएर त्यो कार किनेका थिए जुन कार लालकिल्ला नजिकै विस्फोट गराउन प्रयोग गरिएको थियो ।
एनआईएले उमर नबीको अर्को गाडी पनि जफत गरेको छ । दिल्ली विस्फोटको सम्बन्धमा उक्त गाडीको पनि जाँच भइरहेको बताइएको छ ।
नोभेम्बर १०को साँझ लालकिल्ला नजिकै भएको विस्फोटमा १२ जनाको मृत्यु भएको थियो । ३२ जना घाइते भएका थिए ।