Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डको छलफल

प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डको छलफल

शनिवार , पौष १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु भएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि छलफल सुरु भएको हो।

छलफलमा पुर्व प्रधानमन्त्री त्रय नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।

शुक्रबार सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री जगदीश खरेलले तीनै पार्टीका शीर्ष नेताहरूलाई भेटेर बैठकका लागि निम्तो गरेका थिए।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्रीले राष्ट्रपति निवासमा तीन दलका शीर्ष नेताहरूसँग संयुक्त रूपमा छलफल गरेकी थिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077