Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तीन शीर्ष नेताहरुलाई प्रधानमन्त्री कार्कीले भनिन्- यो घर तपाईंहरूकै हो, म त न्याय क्षेत्रकी हुँ

तीन शीर्ष नेताहरुलाई प्रधानमन्त्री कार्कीले भनिन्- यो घर तपाईंहरूकै हो, म त न्याय क्षेत्रकी हुँ

शनिवार , पौष १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतालाई निर्वाचन सफल पार्न सबैको उत्तिकै भूमिका हुने बताएकी छिन्।

आफ्नो निमन्त्रणलाई स्वीकार गरी बैठकमा आएकामा धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले भनिन्- 'यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रकी मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ। मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। यो स्वागतयोग्य छ।'

सरकारले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले भनेजति नै स्रोतसाधनको व्यवस्था गरिएको सुनाइन्।

प्रशासनिक काम-कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक आफूसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको पनि उनले जानकारी दिएकी छिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077