Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनावअघि राजा, दल र जेनजीबीच नयाँ समझदारी गरौँ : राजेन्द्र लिङदेन

चुनावअघि राजा, दल र जेनजीबीच नयाँ समझदारी गरौँ : राजेन्द्र लिङदेन

शनिवार , पौष १२, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनअघि नै ‘राजा’, राजनीतिक दल र युवापुस्तासहित सबै सरोकारवालाबीच नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन् ।

शनिबार पुस १२ गते झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान व्यवस्थाबाट देश अघि बढ्न नसक्ने दाबी गरेका हुन् ।

लिङदेनले देश जोगाउन राजसंस्था, दलहरू र नयाँ पुस्तालाई एकै ठाउँमा ल्याएर नयाँ सहमति कायम गर्नुपर्नेमा जोड दिए।

'यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयता र यही संविधानबाट देश दुर्घटनामा जानबाट रोक्न सकिन्छ ?' भन्दै उनले हालको संवैधानिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाए।

उनका अनुसार यही व्यवस्थाअन्तर्गत हुने निर्वाचनले भविष्यमा अझ ठूलो द्वन्द्व निम्त्याउने जोखिम छ। देश गम्भीर दुर्घटनाको डिलमा पुगेको उल्लेख गर्दै उनले अहिलेको चुनावी प्रक्रियाले समस्याको समाधान नगर्ने तर्क गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077