Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि, बालेन र कुलमानबीच 'निर्णायक' वार्ता

रवि, बालेन र कुलमानबीच 'निर्णायक' वार्ता

आइतवार , पौष १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेता बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङबीच पार्टी एकताका लागि निर्णायक भेटवार्ता जारी रहेको छ ।

स्रोतका अनुसार आइतबार साँझ ९ बजेदेखि तीनै जना नेता एकताको सम्भावनाबारे गम्भीर छलफलमा जुटेका हुन् । पछिल्लो समय नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण बढिरहेका बेला यो वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

यसअघि शनिबार भएको त्रिपक्षीय छलफलबाट मन्त्री घिसिङ बाहिरिएपछि रवि लामिछाने र बालेन्द्र शाहबीच सहमति जुटेको थियो । त्यसपछि कुलमान घिसिङ पनि पुनः रवि–बालेन टिमसँगै एकतामा आउने प्रयासस्वरूप अहिलेको वार्ता भइरहेको बताइएको छ ।

तर रवि–बालेनसँगको अघिल्लो वार्तामा ठोस निष्कर्ष ननिस्किएपछि मन्त्री घिसिङले आइतबार नै प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मासँग समेत छलफल गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077