Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओखलढुङ्गामा मगर दम्पतीको विभत्स हत्या, धारिलो हतियार प्रहारको आशंका

ओखलढुङ्गामा मगर दम्पतीको विभत्स हत्या, धारिलो हतियार प्रहारको आशंका

मंगलवार , पौष १५, २०८२

ओखलढुंगा । ओखलढुंगाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक वृद्ध मगर दम्पतीको विभत्स हत्या भएको छ।

स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर र उनकी पत्नी रत्नमाया थापा मगरको गएराति अज्ञात व्यक्तिद्वारा हत्या गरिएको हो ।

बिहान अबेरसम्म घरबाट ननिस्किएपछि छिमेकीले बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि घरभित्र प्रवेश गर्दा दुवै जनाको शव फेला परेको थियो। घटनास्थलको प्रारम्भिक अवस्थाले धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा टोली घटनास्थल पुगेको छ ।

थप अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय, धरानस्थित केनाइन शाखाबाट तालिम प्राप्त कुकुर मगाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077