Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिक बन्दसूचीबारे रवि- विधिभन्दा बाहिर जाँदैनौं, समय अभावका कारण त्रुटी भयो

समानुपातिक बन्दसूचीबारे रवि- विधिभन्दा बाहिर जाँदैनौं, समय अभावका कारण त्रुटी भयो

बुधवार , पौष १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी विधिभन्दा बाहिर नजाने बताएका छन्।

बुधबार सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्न पोखरा पुगेका लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै पार्टीले हालै निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीबारे भइरहेको गुनासोबारे यस्तो बताएका हुन्।

उनले तयारी नपुगेका कारण केही त्रुटीहरु भएको हुनसक्ने भन्दै त्यसलाई सच्याइने बताए।

उनले भने- 'रास्वपासँग विधि छ त्योभनदा बाहिर कुनै हालतमा जाँदैनौं। कोही विधि नाघेर जानुभएछ भने राइट टू रिकलको व्यवस्था विधानमै छ। त्यसलाइ पनि हामी प्रयोगमा ल्याउँछौं। अझै दुई दिन बाँकी छ केही विवाद आउँछन् कि भनेर पर्खिरहेका छौं। पार्टीले बोक्नुपर्ने एउटा पनि मान्छे छैन। गुनासो आएपछि समाधान गर्न सहजीकरण हुन्छ।'

बालेन शाह र कुलमान घिसिङसँग अन्तिम समयमा एकता भएका कारण पनि सूची बुझाउने क्रममा तयारी नपुगेको उनले बताए।

निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक सूचीमा परेका नेताका परिवारका सदस्य, सामाजिक संजालमा चर्चित व्यक्ति, प्रारम्भिक निर्वाचनमा पछाडी परेका व्यक्ति समावेश गरेको भन्दै अहिले चर्को आलोचना भइरहेको छ।

यसअघि रास्वपाकै नेतृ तोसिमा कार्कीले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार पारेको समानुपातिक उम्मेदवारको बन्दसूचीले समानुपातिक प्रणालीको मूल मर्म नै बेवास्ता गरेको आरोप लगाएकी छन्।

उनले समानुपातिक प्रणालीको उद्देश्य पहुँच र शक्ति नभएका तर योग्य व्यक्तिलाई संसदसम्म पुर्‍याउनु भएको उल्लेख गर्दै कार्कीले पार्टी नेतृत्वसँग नजिकका व्यक्ति तथा महत्वपूर्ण पदमा बसेकाहरू नै सूचीमा अघि सरेको अवस्था अशोभनीय भएको बताएकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077