Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका डीएसपीको मृत्यु

सशस्त्र प्रहरीका डीएसपीको मृत्यु

बुधवार , पौष १६, २०८२

इलाम । सशस्त्र प्रहरी बल नेपाल, इलामको पशुपतिनगर गुल्मका गुल्मपति (डीएसपी) प्रकाश कोइरालाको हृदयघातका कारण निधन भएको छ।

बुधबार बिहान सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा नियमित पेट्रोलिङ सम्पन्न गरी कार्यालय फर्किएका कोइराला कार्यालय परिसरमै अकस्मात् ढलेका थिए।

तत्कालै उपचारका लागि उनलाई स्थानीय पशुपतिनगर स्वास्थ्य केन्द्र लगिएको भए पनि आवश्यक उपचार सम्भव नभएपछि फिक्कल अस्पताल रेफर गरिएको थियो।

फिक्कल अस्पतालमा चिकित्सकले अवस्था अत्यन्त गम्भीर रहेको जनाउँदै मुटुरोग विशेषज्ञसहितको हेलिकप्टरको व्यवस्था गरेका थिए। त्यसपछि फिस्टेल एयरको हेलिकप्टरमार्फत उनलाई काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पताल पुर्‍याइएको थियो ।

तर, सबै प्रयासका बाबजुद चिकित्सकले बुधबार साँझ करिब ६ बजे डीएसपी कोइरालालाई मृत घोषणा गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

स्वर्गीय कोइराला एक साताअघि मात्र पशुपतिनगर गुल्मको गुल्मपतिको जिम्मेवारी सम्हाल्न इलाम आएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077