Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधी राजनीति नेपालमै टुसायो : गोकुल बास्कोटा

पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधी राजनीति नेपालमै टुसायो : गोकुल बास्कोटा

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा प्रतिशोधी राजनीतिले जरा गाड्न थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधी राजनीतिक अभ्यास अब नेपाली राजनीतिमा पनि देखिन थालेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले अहिलेको राजनीति अत्यधिक सत्ताकेन्द्रित बन्दै सैद्धान्तिक जग गुमाउँदै गएको परिणाम स्वरूप यस्तो अवस्था आएको बताए ।

उनले लेखेका छन्, ‘लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रष्ट संकेत दिन थालेका छन्।’

बास्कोटाका अनुसार सत्तामै केन्द्रित राजनीति कमजोर बन्दै जाँदा घृणा, बदला र टकरावको राजनीति हावी हुने जोखिम बढेको छ। उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यतालाई क्षति पुर्‍याउने भन्दै सचेत गराएका छन् ।

‘यो अति सत्ताकेन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो। यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्,’ भन्दै उनले राजनीतिक दलहरूलाई आत्मसमिक्षा गर्न आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077