Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

थरुहट आन्दोलन र टीकापुर घटनामा रवि लामिछानेले किन मागे क्षमा ?

थरुहट आन्दोलन र टीकापुर घटनामा रवि लामिछानेले किन मागे क्षमा ?

सोमवार , पौष २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतमा सञ्चारकर्मी रहँदा थरुहट आन्दोलन र टीकापुर घटनाबारे आफ्नो बुझाइ पर्याप्त नभएको स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ लाई सम्बोधन गर्दै उनले क्षमायाचना गरेका हुन् ।

सभापति लामिछानेले भने, म सञ्चारकर्मी रहँदा मेरो सूचनाको दायरा आजजति फराकिलो थिएन, मेरो बुझाइको कमी हुँदा मैले कहीँ कतै मन दुखाएको छु भन्ने मलाई महसुस भएको छ। आज यस पावन दिनमा, ऐतिहासिक दिनमा मन दुखेका सबैप्रति म हृदयदेखि नै क्षमायाचना गर्न चाहन्छु।'

उनले स्पष्ट पारे कि उनी अझै पनि राजनीतिमा सिक्ने क्रममै छन् र आफ्नो अनुभव र बुझाइलाई थप परिष्कृत गर्दै जाने प्रतिबद्धता राख्छन्।

लामिछानेले विगतका कमी–कमजोरी सच्याउँदै थारु समुदायसँग हातेमालो गर्न पाउँदा गर्व महसुस भएको पनि बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077