काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।
नेकपाले १८ मध्ये गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ ओटा सिटमा उम्मेदवार चयन गरेको हो ।
यसअघि नेकपाले कांग्रेस–एमालेसँग गठबन्धनको प्रयास गरेको थियो ।
जसका लागि नेकपाले कांग्रेस-एमालेसँग आफ्नो मतभार देखाउँदै चार सिट मागेको थियो । तर कांग्रेस-एमालेले तीन सिट मात्र दिने बताएपछि नेकपाले १७ सिटमा उम्मेदवार खडा गरेको हो ।
जसअनुसार, नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झालाई उम्मेदवार बनाएको छ ।
यसैगरी नेकपाले गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिम प्रदेशबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ ।