काठमाडौं । काठमाडौंको जर्सिङपौवामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पिकनिक गएर फर्किएकाहरू सवार बस दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी मूलपानी बस्ने ५५ वर्षीया शान्ति गुप्ताको मृत्यु भएको छ भने मृत्यु भएका अन्य तीन जनाको पहिचान खुलेको छैन ।
संखरापुर अस्पताल, नेपाल मेडिकल कलेज, मुलपानी नगर अस्पताल, सुस्मा कोइराला मेमोरियल अस्पतालमा घाइतेलाई राखिएको छ ।
त्यहाँ उपचार नहुने घाइतेलाई अरु अस्पताल रिफर गर्ने क्रम चलिरहेको प्रहरीले जनाएको छ ।