Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाको चियापानमा प्रधानमन्त्री कार्की

राप्रपाको चियापानमा प्रधानमन्त्री कार्की

आइतवार , पौष २७, २०८२

काठमाडौं । पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की भृकुटीमण्डप पुगेकी छिन् ।

पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको हो । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।

आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता, राजावादीहरूको उपस्थिति थियो ।

पृथ्यीजयन्तीको अवसरमा अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077