Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिमका नाममा भ्रष्टाचार, मेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

तालिमका नाममा भ्रष्टाचार, मेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

बुधवार , पौष ३०, २०८२

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख सहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार सर्लाहीको बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहा, वडाध्यक्ष मनोज मोहन कुमार सिंह, योजना शाखा प्रमुख उदय कुमार साह, सहायक लेखापाल राज कुमार महतोसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार उनीहरुमाथि आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले सञ्चालन गरेको ‘किशोरीहरूको लागि खेलौना बनाउने तालिम’ कार्यक्रममा फर्जी कागजात तयार गरी सरकारी रकम हिनामिना गरेको आरोप छ ।

३० दिनसम्म सञ्चालन गर्ने भनिएको तालिम जम्मा ५ दिन मात्र चलाएर सम्पन्न गरिएको पाइएको छ। तालिम पूरा नगरी झुट्टा बिल भर्पाइ, नक्कली प्रतिवेदन र सहभागीहरूको कीर्ते हस्ताक्षर तयार गरी ३ लाख ८२ हजार ५३ रुपैयाँ भुक्तानी दिइएको अनुसन्धानबाट खुलेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट सहभागीहरूको हस्ताक्षरसमेत नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ।

उनीहरूमाथि ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा बिगो बराबरको जरिवाना सजायको माग दाबी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077