Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेविरुद्धका दुई मुद्धा फिर्ता लिएर प्रधानमन्त्री कार्कीले किन मोलिन् जोखिम ?

रवि लामिछानेविरुद्धका दुई मुद्धा फिर्ता लिएर प्रधानमन्त्री कार्कीले किन मोलिन् जोखिम ?

बुधवार , पौष ३०, २०८२

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता गरेको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेको निवेदन अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार यी दुई आरोप फिर्ता गर्ने निर्णय गरेकी हुन् ।

तर अदालतमा मुद्धा चलिरहेका बेला मुद्दा फिर्ता लिनुलाई शंकास्पद रुपमा लिइएहको छ । यस निर्णयपछि लामिछानेविरुद्ध काठमाडौं, रुपन्देही, कास्की, पर्सा र चितवन अदालतमा रहेको आरोप संशोधित हुँदै अब केवल ठगी तथा सहकारी ठगीको मुद्दा मात्र रहन्छ। यसको अर्थ, लामिछानेमाथि रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोप हटाइएका छन्।

महान्यायाधिवक्ताको यो कदमसँगै रवि लामिछाने अब सांसद र मन्त्री बन्न सक्ने कानुनी बाटो खुला भएको छ ।

रविविरुद्ध सूर्यदर्शन सहकारी ठगी, स्वर्णलक्ष्मी सहकारी ठगी, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताहरूको रकम अपचलन र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताको रकम दुरुपयोग गरेको आरोपमा ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

तर, प्रधानमन्त्री सुशिला कार्कीले लामिछानेमाथि रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्धा फिर्ता लिएपछि प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री कार्कीले किन जोखिम मोलिन् भन्नेमा कतिपय आश्चर्यमा परेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077