Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापालाई बधाई दिँदै बाबुरामले भने - संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस्

गगन थापालाई बधाई दिँदै बाबुरामले भने - संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस्

बिहिवार , माघ १, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट भएको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र उनको टिमलाई बधाई दिँदै भट्टराईले यस कदमले अन्य दलहरूलाई पनि अग्रगामी पुनर्संरचनातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्, ‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा शुभकामना।’

उनले कांग्रेसमा भएको नेतृत्व परिवर्तनले देशको समग्र राजनीतिमा सकारात्मक सन्देश जाने अपेक्षा पनि व्यक्त गरेका छन्।

‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्‍याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझ बलियो बनोस्,’ भट्टराईले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077