Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री कार्यालय अगाडी जेनजी आन्दोलनका घाइते र सहिद परिवारको धर्ना

प्रधानमन्त्री कार्यालय अगाडी जेनजी आन्दोलनका घाइते र सहिद परिवारको धर्ना

शुक्रवार , माघ २, २०८२

काठमाडौं । जेनजी आन्दोलनका घाइते र सहिद परिवारले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी धर्ना दिएका छन् ।

मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन नभएको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।

जेनजी सहिद परिवार कल्याणकारी समाज समितिका सचिव रोशन गौतमले विभिन्न मन्त्रालय धाइरहनु परेपछि बाध्य भएर बस्नुपरेको बताए ।

उनले भने- 'अब कहिले यता मन्त्रालय, कहिले उता मन्त्रालय दौडिनु मात्रै भयो। फाइल बोकेर हिँड्ने अवस्था आएपछि हामीले यहीँ प्रधानमन्त्री कार्यालयमा धर्ना बस्ने निर्णय गरेका हौँ ।'

उनीहरुले प्रधानमन्त्री कार्यालय परिसरमा सहिदहरूको तस्बिर अङ्कित ब्यानर राखेर आफ्ना माग तत्काल पुरा हुनुपर्ने माग राखेका छन् ।

singhadurbar-Nepal photo library-6

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077