Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगनलाई बधाई दिँदै बाबुरामले भने - अब विचार र नीति पनि रूपान्तरण होस्

गगनलाई बधाई दिँदै बाबुरामले भने - अब विचार र नीति पनि रूपान्तरण होस्

शनिवार , माघ ३, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस गगन थापाको नेतृत्वमा पुगेपछि अब विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली र आचरणसम्मै व्यापक पुनर्संरचना र रूपान्तरण आवश्यक रहेको बताएका छन्।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले नवनिर्वाचित सभापति थापा र उनको टिमलाई बधाई तथा शुभकामना दिएका हुन्।

भट्टराईले लेखेका छन्, ‘निर्वाचन आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा सफलताको शुभकामना। देशको उदारवादी लोकतान्त्रिक धारको पुरानो पार्टी कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पारोस्।’

उनले बहुदलीय लोकतन्त्रको मर्म दलहरूबीच प्रतिस्पर्धा र सहकार्य दुवैको सन्तुलित अभ्यासमा निहित रहेको उल्लेख गरेका छन्। लोकतन्त्रलाई सुदृढ बनाउने हो भने दलहरूबीच स्वस्थ प्रतिस्पर्धासँगै आवश्यक सहकार्य अपरिहार्य हुने उनको धारणा छ।

‘बहुदलीय लोकतन्त्र भनेको दलहरूबीच प्रतिस्पर्धा र सहकार्य दुवैको उचित समन्वय हो भन्ने सबैमा हेक्का रहोस्,’ भट्टराईले भनेका छन्, ‘साथै दलहरूको नेतृत्व मात्र होइन, विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली र आचरण समेतको पुनर्संरचना र रूपान्तरण समयको माग हो भन्ने कुरा सबै नयाँ–पुराना पार्टीहरूले आत्मसात गर्नुपर्छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077