काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सरोकारवालाहरुसंग छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको हो।
बैठक आजै ४ बजे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
निर्वाचनका लागि प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची भएपनि नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरिरहेका छन् ।
यता, निर्वाचन आयोगले पनि मनोनयन दर्ताको समय थप गर्ने तयारी गरिरहेको छ ।