पर्सां । सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतको आदेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक करोड धरौटी बुझाएका छन्।
गत असार १ मा वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछाने सहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।
उक्त मुद्दामा मनोनयन दर्ता कै दिन अदालतका न्यायाधीश रुद्र सुवेदीको इजलासले रविसँग १ करोड धरौटी माग गरेको थियो ।
हाल रवि धरौटी बुझाएर चितवन- २ मा उम्मेदवारी दर्ता गर्न हिँडेका रास्वपाले जनाएको छ।
अहिले देशका १६५ वटै निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता भइरहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्मको समय तोकिएको छ ।