Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस कार्यसमिति बैठक बस्दै, विशेष महाधिवेशनपछि पहिलोपटक सभापति गगन थापा सानेपा जाने

कांग्रेस कार्यसमिति बैठक बस्दै, विशेष महाधिवेशनपछि पहिलोपटक सभापति गगन थापा सानेपा जाने

बिहिवार , माघ ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बस्न लागेको छ ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएयता भएको आधिकारिकताको विवादका कारण विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सानेपामा बस्न सकेको थिएन । शुक्रबार पहिलोपटक सानेपामा बैठक बस्ने भएको हो ।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर बसेका थिए ।

पार्टी प्रवक्ता देवराज चालिसेले भने- 'सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं, त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ ।'

बैठकमा निर्वाचनबारे छलफलदेखि सभापति थापालाई प्रधानमन्त्रीमा घोषणा गर्नेसम्मका कार्यक्रम रहनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077