Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनलाई समर्थन गर्ने भन्दै एमाले त्यागेका कमल २४ घन्टा नबित्दै पार्टीमै फर्किए

बालेनलाई समर्थन गर्ने भन्दै एमाले त्यागेका कमल २४ घन्टा नबित्दै पार्टीमै फर्किए

बिहिवार , माघ ८, २०८२

दमक । नेकपा एमाले त्यागेको घोषणा गर्दै बालेन्द्र शाह (बालेन)को अभियानमा जोडिएका एक युवा २४ घन्टा नबित्दै पुनः पार्टीमै फर्किएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका सचिव कमलप्रसाद गैरेले बुधबार युवा संघका दमक अध्यक्ष छवि खतिवडासंगै संगठन छाडेको घोषणा गर्दै बालेनलाई समर्थन गर्ने बताएका थिए ।

तर उनले २४ घन्टा नबित्दै सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्वीर सार्वजनिक गर्दै पुनः पार्टीमै घोषणा गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्- 'म कमलप्रसाद गैरे विद्यार्थी जीवनदेखि नै एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीमा सदस्य, उपसचिव र सचिवको भूमिका निर्वाह गर्दै आएको संगठित सदस्य हुँ। विगत लामो समयदेखि पार्टीका विभिन्न गतिविधिहरूमा इमान्दारीपूर्वक संलग्न रहँदै आएको छु।'

उनले केही व्यक्तिहरूको दबाबमा परेर पार्टी छोडेको बताएका छन्।

उनले थप लेखेका छन्-  'हिजो भएका गल्ती सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेको यही पार्टीमा हिजो पनि थिएँ, आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्दछु। '

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077