Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सशस्त्र प्रहरीलाई प्रधानमन्त्री कार्कीको निर्देशन - निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन

सशस्त्र प्रहरीलाई प्रधानमन्त्री कार्कीको निर्देशन - निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन भन्ने निर्देशन दिएकी छन् ।

शुक्रबार सशस्त्र प्रहरी बलको २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले बदलिँदो सुरक्षा चुनौतीलाई समयमै पहिचान गरी त्यसअनुसार रणनीति बनाउन सुरक्षानिकायहरूलाई आग्रह गरिन् ।

उनले विगतका निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अझ उच्च सतर्कता र व्यवसायिकताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन् ।

'सुरक्षा चुनौतीहरू समयानुसार परिवर्तन हुँदै गएका छन्। विगतका निर्वाचनहरूलाई भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय छ,' प्रधानमन्त्री कार्कीले भनिन्, 'आसन्न निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यवसायिकताका साथ कार्यसम्पादन गर्न म यहाँहरूलाई निर्देशन दिन चाहन्छु।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077