Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकको ठक्करबाट गम्भीर घाइेत वृद्धको उपचार क्रममा मृत्यु

ट्रकको ठक्करबाट गम्भीर घाइेत वृद्धको उपचार क्रममा मृत्यु

शनिवार , माघ १०, २०८२

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो । पैदलयात्रीलाई ठक्कर दिई भागेका चालक मकवानपुर, सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077