Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीको निर्देशन उल्लंघन गर्ने नेकपाका सात नेता कारबाहीमा

पार्टीको निर्देशन उल्लंघन गर्ने नेकपाका सात नेता कारबाहीमा

शनिवार , माघ १०, २०८२

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी निर्देशनको उल्लंघन गरेको आरोपमा सात जना नेतालाई कारबाही गरेको छ ।

पार्टीका अनुसार पार्टीको आधिकारिक निर्णय विपरीत उम्मेदवार, प्रस्ताव र प्रचारमा भाग लिएको पाइएपछि कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।

सिन्धुली–२ मा महेश्वर दाहाल बागी उम्मेदवार बनेका छन् र उनलाई हरिबोल गजुरेलले साथ दिएका छन् । पार्टीले त्यहाँ राजन दाहाललाई उम्मेदवार बनाएको छ ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका कुलप्रसाद केसीले दाङ–१ मा बागी उम्मेदवारी दिएका छन् । नेकपाले मेटमणि चौधरीलाई टिकट प्रदान गरेपछि उनले बागी उम्मेदवारी दिएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077