Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निष्काशनमा परेपछि गजुरेलले भने- सबैभन्दा पहिला संयोजक प्रचण्डमाथि कारबाही हुनुपर्छ

निष्काशनमा परेपछि गजुरेलले भने- सबैभन्दा पहिला संयोजक प्रचण्डमाथि कारबाही हुनुपर्छ

शनिवार , माघ १०, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निष्काशनमा परेका नेता हरिबोल गजुरेलले सबैभन्दा पहिला पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' माथि नै कारबाही हुनुपर्ने बताएका छन्।

पार्टीको आधिकारिक निर्णय विपरीत काम गरेको भन्दै नेकपाबाट निष्काशनमा परेपछि गजुरेलले सबैभन्दा पहिला पार्टी संयोजकमाथि नै कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका हुन्।

पार्टीको विधि, पद्धति र प्रक्रिया मिच्ने मुख्य व्यक्ति प्रचण्ड नै भएको भन्दै उनले बताए।

उनले भने- ' सबैभन्दा पहिला प्रचण्डलाई कारबाही हुनुपर्छ। जिल्ला पार्टीले गरेको निर्णय उल्लंघन गर्ने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्छ।'

गजुरेलले प्रचण्डलाई पहिले कारबाहीको दायरामा ल्याएपछि मात्र अन्य नेताहरूको विषयमा कुरा गर्नु न्यायोचित हुने तर्क गरे ।

पार्टीको आधिकारिक लाइनविपरीत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको भन्दै नेकपाले आजै गजुरेलसहित ७ नेतालाई निष्काशनको घोषणा गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077