Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उम्मेदवार बनेपछि पहिलो पटक सर्लाही जाँदै गगन थापा

उम्मेदवार बनेपछि पहिलो पटक सर्लाही जाँदै गगन थापा

सोमवार , माघ १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदैछन् । पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादका लागि उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

थापाको सचिवालयका अनुसार उनी बिहान १०ः३० बजेको नियमित उडानमार्फत सिमरा विमानस्थल जाने कार्यक्रम छ। सिमरा ओर्लिएपछि उनी सडकमार्ग हुँदै सर्लाही पुग्नेछन् ।

सर्लाहीमा रहँदा थापाले विभिन्न स्थानीय तहमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने छन् ।

भ्रमणका क्रममा उनले स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्ता र सर्वसाधारणका गुनासा तथा सुझाव सुन्ने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । उम्मेदवार बनेपछि पहिलो पटक उनी प्रत्यक्ष रूपमा आफ्नो चुनावी क्षेत्रमा जान लागेका हुन् । उनले माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077