काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो साढे ३ बजे बस्नेगरि प्रधानमन्त्री सुशीला कार्कीले बैठक आह्वान गरेकी हुन्।
यो बैठक नियमित मन्त्रिपरिषद् बैठकका रूपमा बस्ने जनाइएको छ। बैठकमा सरकारका चालु कामकाजका विषयसँगै आसन्न निर्वाचनका लागि आवश्यक रणनीतिसम्बन्धमा पनि छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार बैठकमा विभिन्न मन्त्रालयका वर्तमान कार्ययोजना, निर्वाचन तयारी, तथा जनसामान्यमा प्रभाव पार्ने नीतिगत निर्णयहरूमा छलफल हुने सम्भावना छ।
सरकारले आगामी निर्वाचनलाई सहज, निष्पक्ष र व्यवस्थित बनाउन रणनीतिक योजना बनाउने क्रममा यस बैठकलाई महत्वपूर्ण मानेको छ।