Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फागुन २१ को निर्वाचनमा एकढिक्का हुन कांग्रेसको अपिल, देउवालाई पनि औपचारिक आग्रह

फागुन २१ को निर्वाचनमा एकढिक्का हुन कांग्रेसको अपिल, देउवालाई पनि औपचारिक आग्रह

मंगलवार , माघ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई एकढिक्का भएर लाग्न आग्रह गरेको छ ।

केन्द्रीय कार्यालयले जिल्ला कार्यसमिति तथा सबै जिल्ला सभापतिलाई परिपत्र गर्दै निर्वाचनसम्बन्धी कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएको हो ।

परिपत्रमा कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै आसन्न निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ अघि बढ्नुपर्ने बेला आएको बताइएको छ।

पत्रमा भनिएको छ, 'अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अगाडि बढ्नु पर्ने बेला आएको छ।'

कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत नामै उल्लेख गरेर सहयोगको अपेक्षा व्यक्त गरेको छ।

पत्रमा भनिएको छ, 'नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने पार्टीले विश्वास लिएको छ।'

कांग्रेसले आफू नयाँ अध्यायमा प्रवेश गरेको उल्लेख गर्दै यसअघि विभिन्न कारणले पार्टीबाट अलग भएका, अन्य राजनीतिक समूहमा क्रियाशील रहेका, निष्क्रिय रहेका तथा आफूलाई अन्यायमा परेको महसुस गरेका सबैलाई पुनः पार्टीको मूलधारमा फर्किन आग्रह गरेको छ।

1-1769480676.JPG2-1769480696.JPG3-1769480715.JPG

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077