Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘कोर टिम मेम्बर’ केपी खनालको क्षेत्रमा रोकिएनन् बालेन, निराश बने कार्यकर्ता

‘कोर टिम मेम्बर’ केपी खनालको क्षेत्रमा रोकिएनन् बालेन, निराश बने कार्यकर्ता

मंगलवार , माघ १३, २०८२

काठमाडौं । आफ्नै टिमबाट उम्मेदवारको सूचीमा परेका केपी खानलको क्षेत्रमा बालेन्द्र साह ‘बालेन’ नरोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता निरास बनेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न झापा–५ पुगेका बालेन यतिबेला श्रमितीलाई झापामै छाडेर सुदूरपश्चिम पुगेका छन् । उनकी श्रीमती सविना काफ्ले भने झापा–५ मै बसेर बालेनको लागि भोट माग्दै घरदैलो अभियानमा व्यस्त छिन् ।

बालेन आफू निकट उम्मेदवार (कोर टिम मेम्बर) भूपदेव शाह र केपी खनाललाई जिताउने अभियानमा सहभागिता जनाउन हिजै सुदूरपश्चिम पुगेका हुन् ।

सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम–२ बाट र कोर टीमका सदस्य केपी खनालले कैलाली–२ बाट उम्मेदवारी दिएका छन् ।

तर, रास्वपाका वरिष्ठ नेता बालेन कैलाली–२ को घण्टी घरमा नरोकिकनै हिंडेपछि खनालसहित उनका कार्यकर्ता र समर्थक निराश भएका छन् ।

बालेन आउने खबरपछि कार्यकर्ता र समर्थक बिहानैदेखि बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया बजारमा रहेको क्षेत्र नम्बर २ को घण्टीघरमा जम्मा भएका थिए ।

बालेनकै स्वागतमा रास्वपा बर्दगोरियास्थित क्षेत्रीय समितिले स्वागत तथा अभिवादन कार्यक्रम राखेको थियो । साढे ९ बजेतिर बौनिया पुगेका उनी त्यहाँ नरोकिएपछि समर्थकहरूले निराश बनेका हुन् ।

यद्यपी खनालले भने मन्वय अभावमा साहलाई त्यहाँ रोकाउन नसकिएको बताउँदै समर्थकहरुसामु बालेनलाई ल्याउने बाचा गरेका छन् । माघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई पहिलो पटक सम्बोधन गरेर बालेन झापा पुगेका थिए ।

झापासहित पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पुग्दा बालेनको क्रेज देखिएको थियो । हिजो पनि बालेनलाई रास्वपाका नेता कार्यकर्ताहरुले नेपालगञ्जमा भव्य स्वागत गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077