Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, पौने ७ करोड बिगो

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, पौने ७ करोड बिगो

मंगलवार , माघ १३, २०८२

चितवन । चितवनस्थित भरतपुर महानगरपालिकामा कार्यरत रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सार्वजनिक पदको दुरुपयोग गरी आचार्यले करिब ६ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको ठहरसहित अदालतमा अभियोग पत्र दर्ता गरिएको हो।

आचार्यले सेवा अवधिमा आर्जन गरेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि उनीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

आचार्यले पदीय मर्यादा विपरीतका कार्यहरू गरी स्रोत पुष्टि हुन नसक्ने गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीमा अनुसन्धान गर्दा प्रतिवादी आचार्य इन्जिनियरररा.प.तृतीय श्रेणी पदमा सेवामा प्रवेश गरेको २०४८ माघ ६ गतेदेखि २०८० असार ६ गतेसम्मको परीक्षण गरेको थियो।

अनुसन्धानका क्रममा आचार्यले अवैध रूपमा आर्जन गरेको रकमबाट आफ्नी पत्नी लिली सुवेदीको नाममा समेत विभिन्न सम्पत्ति खरिद गरेको देखिएको आयोगको निष्कर्ष छ। सोही कारण प्रचलित कानुनअनुसार ती सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुवेदीलाई पनि प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार आचार्य तथा उनका एकाघर परिवारका सदस्यहरूको वैधानिक आम्दानी करिब ३ करोड ५१ लाख रुपैयाँ रहेको देखिन्छ। तर आम्दानी, खर्च र बैंक मौज्दातको समग्र मूल्यांकन गर्दा सो रकमभन्दा अत्यधिक, करिब ६ करोड ७८ लाख रुपैयाँ बराबरको सम्पत्ति अस्वाभाविक रूपमा थप भएको पाइएको छ।

वैधानिक स्रोतबाट पुष्टि हुन नसक्ने उक्त अतिरिक्त सम्पत्ति सार्वजनिक पदमा रहँदा आर्जन गरिएको ठहरसहित आचार्य र सुवेदी दुवैविरुद्ध पौने ७ करोड बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077