Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति लामिछाने टिचिङ हस्पिटलमा भर्ना

रास्वपा सभापति लामिछाने टिचिङ हस्पिटलमा भर्ना

मंगलवार , माघ १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने खुट्टामा संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन्।लामिछानेलाई महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा भर्ना गरिएको हो ।

गत माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो ।

सोही चोट समयसँगै बढ्दै गएर हाल छालाको भित्री तहसम्म संक्रमण पुगेको छ ।

चिकित्सकहरूले संक्रमण जोखिमयुक्त हुन सक्ने भन्दै केही दिन अस्पतालमै राखेर निगरानी गर्नुपर्ने सुझाव दिएपछि उनलाई भर्ना गरिएको सचिवालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077