Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

रवि लामिछानेको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

बुधवार , माघ १४, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको विषयमा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले जानकारी गराएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विज्ञप्ति जारी गर्दै लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको हो ।

गत माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागि हुन पुगेका लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो ।

चोट लागेपछि औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नभई ‘सेलुलाइटिस’ (छालाको भित्री तहको संक्रमण) भएपछि उनलाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको हो। अस्पतालका अनुसार हाल उनलाई नशाबाट एन्टिबायोटिक्स दिएर उपचार भइरहेको छ।

त्यसो त मंगलबार लामिछानेको बिरामी भएको तस्बिर भन्दै खुट्टा प्लास्टर गरेको तस्बिर सार्वजनिक भएको थियो । तर

अस्पतालले भने उक्त तस्बिर एआईको प्रयोग गरेर बनाइएको समेत अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उपचार प्रक्रिया जारी रहेको अस्पतालले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077