Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाबु–छोराको झगडा छुट्याउने क्रममा तामाङको घटनास्थलमै मृत्यु

बाबु–छोराको झगडा छुट्याउने क्रममा तामाङको घटनास्थलमै मृत्यु

बुधवार , माघ १४, २०८२

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङफेदीमा बाबु–छोराबीचको झगडा छुट्याउने क्रममा छिमेकी युवकको मृत्यु भएको छ।

घेवारचौरका ओङ्दी शेर्पा र उनका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीचको विवाद समाधान गर्न पुगेका सोही स्थानका ३३ वर्षीय रणे तामाङ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङ्दी शेर्पाकी आमा चुङ्दी बिरामी भएकाले उनको स्वास्थ्य अवस्था बुझ्न छिमेकी तामाङ त्यहाँ पुगेका थिए। सोही क्रममा बाबु–छोराबीच विवाद भइरहेको देखेपछि सम्झाउने प्रयास गर्दा झगडा झन चर्किएको र बीचमा छुट्याउन खोज्दा तामाङ लडेर गम्भीर अवस्थामा पुगेका थिए।

प्रहरीका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएकाले शव परीक्षणपछि मात्र मृत्युको यथार्थ कारण खुल्नेछ। शव परीक्षणका लागि बुधबार त्रिशूली अस्पताल लगिएको छ।

घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले ५२ वर्षीय ओङ्दी शेर्पा र उनका २६ वर्षीय छोरा कुन्सा ग्याल्जेन शेर्पालाई पक्राउ गरेको छ ।

उनीहरूविरुद्ध ‘ज्यानसम्बन्धी कसुर’ शीर्षकमा मुद्दा दर्ता गरी नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077